Training and Fellowship Opportunity

Antenna Foundation Nepal
Location: Nepal
Salary: Negotiable
Posted Date: 2019-01-02 Deadline: 2019-01-18
  • Location : Nepal
  • Working Position : Entry Level
  • Qualification Degree : Related
  • Salary : Negotiable
  • Category : Journalism / Editor / Media
  • Nature : Full Time
Job Description

एन्टेना फाउन्डेसन नेपाल सन् २००२ देखि विकासका लागि सञ्चार क्षेत्रमा कार्यरत एक स्वतन्त्र गैरसरकारी सञ्चार संस्था हो । गुणस्तरीय रेडियो, टेलिभिजन कार्यक्रम उत्पादन, पत्रकार तालिम तथा क्षमता अभिवृद्धि, लेखनवृत्ति लगायत स्थानीय रेडियोको क्षमता अभिवृद्धि यसका मुख्य कार्यक्रमहरु हुन् ।

समसामयिक विषयमा स्थानीय रेडियो तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित मानव बेचबिखनसँग सम्बन्धित बिभिन्न विषयमा रेडियो कार्यक्रम उत्पादन तथा समाचार लेखन (रिपोर्टिङ्) का लागि तालिम तथा लेखनवृत्ति  (Fellowship) को आयोजना गर्न लागिएको जानकारी गराईन्छ । रेडियो तथा टेलिभिजन र पत्रिकामा कार्यरत पत्रकारका लागि आयोजना गरिने तालिमले १५ वटा रेडियो स्टेशन र १५ जना पत्रकारका लागि लेखनवृत्ति उपलब्ध गराउनेछ ।

तालिम र फेलोसिपका लागि इच्छुक पत्रकार तथा रेडियो स्टेशनले एउटा निवेदन सहित आफ्नो संस्था (रेडियो) को परिचय, व्यक्तिगत विवरण र नेपालमा मानव बेचबिखनका विषयबारे एक हजार शब्द समेटिएको लेख तल उल्लेखित इमेल ठेगानामा पठाउन अनुरोध गर्दछौ ।

तालिम तथा फेलोसिपका छनौट प्रकृयामा निम्न विषयलाई मुल्यांकनको आधार मानिनेछ ।

  • रेडियो स्टेशनको हकमाः स्टेशनको विवरण, एन्टेना फाउण्डेशनसँगको साझेदारी अनुभव, मानव बेचबिखनका विषयमा रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गरेको अनुभव आदि,

  • पत्रकारको हकमाः रेडियो, छापा, अनलाईन वा टेलिभिजनमध्ये एक माध्यममा कम्तिमा २ बर्ष काम गरेको अनुभव,

मानव बेचबिखन तथा तस्करीको विषयमा रिपोर्टिङ् गरेको भए मुल्यांकनमा बिशेष प्राथमिकता दिइनेछ ।

प्राप्तआवेदनबाट रेडियो, टेलिभिजन र पत्रिका गरी ३० जना पत्रकारहरुका लागि कम्तिमा तीन दिनको आवासीय तालिम उपलब्ध गराइनेछ । तालिम प्राप्त १५ जना पत्रकार र १५ वटा स्थानीय रेडियोलाई लेखनवृत्ति उपलब्ध गराइनेछ ।


आवेदन पठाउने ईमेल ठेगानाः  vacancy@afn.org.np
फोनः  ०१ ५५३००८०/८१
एन्टोना फाउन्डेसन नेपाल
कुसुन्तीमार्गजावलाखेलललितपुरनेपाल ।
आवेदन पठाउने अन्तिम मितिः  माघ ४२०७५ अर्थात जनवरी १८२०१९ शुक्रबार ।

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

Antenna Foundation Nepal (AFN) is an independent media for development organization in Nepal since 2002. Its mainly focus on production of innovative and distinctive media content for both traditional and new media platforms for raising public awareness, positive behavioral change and media advocacy. AFN partners with different media outlets to disseminates the content.

We are immediately hiring competent, committed and self-motivated individuals for the following positions:

Industry Type NGO / INGO / Social Work
Location Jawalakhel, Lalitpur
Organization Size 1-10
Active Jobs By Antenna Foundation Nepal