Grievance Handling Assistant Officer Entry Level

HERD Nepal
Salary: Negotiable
637 Views 2016-05-28 00:00:00
  • Nos. of Opening : 1
  • Working Position : Entry Level
  • Qualification Degree : Intermediate
  • Salary : Negotiable
  • Job Category : Human Resource
Job Description

कार्य क्षेत्र : तोकिएको गाविस
कार्य विवरण : भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत संकलन कार्यक्रम – २०७२ को नतिजाको वारेमा वा भूकम्प प्रभावितहरूको क्षतिपूर्ति सम्बन्धी गुनासाहरू सुनुवाई गर्ने, गुनासो सम्बन्धी निवेदन लेख्न सहयोग गर्ने, तिनको अभिलेख राख्ने, प्रतिवेदन तयार गर्ने एवम् गाविस सचिव वा यस सम्बन्धमा नेपाल सरकारले तोकेको अधिकारीलाई निर्णय गर्न सहयोग गर्ने ।

न्यूनतम योग्यताः
१.न्यूनतम शैक्षिक योग्यता तथा अनुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक उतीर्ण गरेको तथा सरकारी, गै.स.स. वा सरकारी मान्यता प्राप्त संस्थामा काम गरेको कम्तीमा ३ वर्षको अनुभव वा प्रविणता प्रमाणपत्र तह÷कक्षा १२ उतीर्ण गरेको तथा उल्लेखित क्षेत्रमा ५ वर्षको अनुभव ।
२.उमेरः दरखास्त दिने अन्तिम दिन सम्ममा २५ वर्ष पूरा भएको ।
३.सम्बन्धित जिल्लाको स्थायी बासिन्दा हुनुपर्ने ।
वान्छनीय योग्यता:
१.कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको (वर्ड, एक्सेल, इमेल, इन्टरनेटजस्ता सामान्य एप्लिकेशन चलाउन जान्ने) ।
२.कानुन पढेको वा अड्डा अदालत वा मालपोत÷भूमिसुधार सम्बन्धी कामको अनुभव भएको व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ ।
३.पारस्परिक सञ्चार कार्यमा दक्ष ।
४.टिममा मिलेर काम गर्र्न सक्ने ।

दरखास्त सम्बन्धि विवरण

क) दरखास्त पेश गर्ने/दिने मिति २०७३ साल जेष्ठ ९ देखि १५ सम्म (७ दिन मात्र सार्वजनिक बिदा समेत) ।
ख) दरखास्त लिखित तथा Online (कम्प्यूटरबाट) पनि दिन सकिनेछ ।
ग) सार्वजनिक बिदाको दिन पनि दरखास्त दिनकालागि अफिस खुुला रहनेछ ।

कार्य अवधि कम्तिमा १ देखि ४ महिना सम्म ।
तलव तथा अन्य सुविधा  एकमुष्ट अधिकतम रु.२२००० हुनेछ । जसमा नेपाल सरकारको नियमानुशार कर कट्टा गरि भूक्तानी गरिनेछ ।