Grievance Handling Assistant Officer

HERD Nepal
Location: Nepal
Salary: Negotiable
Posted Date: 2016-05-22 Deadline: 2016-05-28
  • Nos. of Opening : 1
  • Location : Nepal
  • Working Position : Entry Level
  • Qualification Degree : Intermediate
  • Salary : Negotiable
  • Category : Human Resource
  • Nature : Full Time
Job Description

कार्य क्षेत्र : तोकिएको गाविस
कार्य विवरण : भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत संकलन कार्यक्रम – २०७२ को नतिजाको वारेमा वा भूकम्प प्रभावितहरूको क्षतिपूर्ति सम्बन्धी गुनासाहरू सुनुवाई गर्ने, गुनासो सम्बन्धी निवेदन लेख्न सहयोग गर्ने, तिनको अभिलेख राख्ने, प्रतिवेदन तयार गर्ने एवम् गाविस सचिव वा यस सम्बन्धमा नेपाल सरकारले तोकेको अधिकारीलाई निर्णय गर्न सहयोग गर्ने ।

न्यूनतम योग्यताः
१.न्यूनतम शैक्षिक योग्यता तथा अनुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक उतीर्ण गरेको तथा सरकारी, गै.स.स. वा सरकारी मान्यता प्राप्त संस्थामा काम गरेको कम्तीमा ३ वर्षको अनुभव वा प्रविणता प्रमाणपत्र तह÷कक्षा १२ उतीर्ण गरेको तथा उल्लेखित क्षेत्रमा ५ वर्षको अनुभव ।
२.उमेरः दरखास्त दिने अन्तिम दिन सम्ममा २५ वर्ष पूरा भएको ।
३.सम्बन्धित जिल्लाको स्थायी बासिन्दा हुनुपर्ने ।
वान्छनीय योग्यता:
१.कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको (वर्ड, एक्सेल, इमेल, इन्टरनेटजस्ता सामान्य एप्लिकेशन चलाउन जान्ने) ।
२.कानुन पढेको वा अड्डा अदालत वा मालपोत÷भूमिसुधार सम्बन्धी कामको अनुभव भएको व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ ।
३.पारस्परिक सञ्चार कार्यमा दक्ष ।
४.टिममा मिलेर काम गर्र्न सक्ने ।

दरखास्त सम्बन्धि विवरण

क) दरखास्त पेश गर्ने/दिने मिति २०७३ साल जेष्ठ ९ देखि १५ सम्म (७ दिन मात्र सार्वजनिक बिदा समेत) ।
ख) दरखास्त लिखित तथा Online (कम्प्यूटरबाट) पनि दिन सकिनेछ ।
ग) सार्वजनिक बिदाको दिन पनि दरखास्त दिनकालागि अफिस खुुला रहनेछ ।

कार्य अवधि कम्तिमा १ देखि ४ महिना सम्म ।
तलव तथा अन्य सुविधा  एकमुष्ट अधिकतम रु.२२००० हुनेछ । जसमा नेपाल सरकारको नियमानुशार कर कट्टा गरि भूक्तानी गरिनेछ ।

Apply Instructions

१) निवेदन, २) दुईप्रति फोटो, ३) नागरिकताको प्रतिलिपी, ४) व्यक्तिगत विवरण (वायोडाटा), ५) शैक्षिक योग्यता प्रमाण–पत्रको प्रतिलिपी, ६) कार्य अनुभवको प्रमाण–पत्रहरू, ७) तालिमका प्रमाण–पत्रहरू, ८) सम्बन्धित अन्य कागजातहरू (नोट: अनलाइन फाराम भर्नेले पनि उपरोक्त कागजात अन्तरवार्ताका दिन अनिवार्य लिएर आउनु पर्नेछ ।)
आवेदन पेश गर्ने स्थान सम्बन्धित जिल्लाको हर्ड इन्टरनेशनलको जिल्ला कार्यालय अथवा online बाट पनि निवेदन दिन सकिनेछ । लिखित दरखास्त दिन चाहनेले जिल्ला स्थित कार्यालयमा विहान ९ बजे देखि ५ बजे सम्म बुझाउन सकिनेछ । दरखास्त फाराम सोही स्थानमा उपलब्ध हुनेछ ।
Online मार्फत दरखास्त दिन चाहनेहरुको लागि Jobs.herdint.com  मा visit गरेर आफ्नो Profile बनाई इच्छाइएको पदमा आवेदन दिनुपर्नेछ ।

नोट:

क) दरखास्तको लागि आवश्यक रित नपुगेका र दरखास्त पेश गर्ने अन्तिम म्याद समाप्त भए पछि आएका वा प्राप्त भएका दरखास्तहरू छनौट प्रक्रियामा समावेश गरिने छैन ।
ख) प्रारिम्भक छनौटमा पर्न सफल आवेदकहरूलाई मात्र परीक्षा र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ ।
ग) यस बारेमा टेलिफोनबाट कुनै पनि प्रकारको सूचना उपलब्ध हुनेछैन । कुनै पनि आवेदन वा सम्पूर्ण आवेदनहरू स्वीकार/ अस्वीकार गर्ने र आवेदन स्वीकार भएपनि कुनै पनि आवेदकलाई छनौट गर्ने नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

    यी सबै पदमा भुकम्पपीडित, दलित , महिला, जनजाति/आदिबासी तथा मधेसीलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।
 

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

Health Research and Social Development Forum (HERD Nepal)

Industry Type NGO / INGO / Social Work
Location Thapathali, Kathmandu, Nepal POBox: 24133
Organization Size
Active Jobs By HERD Nepal